ट्रेण्डिङ

होमपेज / समाज

सुर्खेतमा पनि जोरविजोर प्रणाली लागु, सबै पास खारेज

नेपालगाथा २०७७ असार २ गते मंगलबार १६:३४:१० मा प्रकाशित

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सवारी सञ्चालनको हकमा जोड बिजोर प्रर्णाली लागु गर्ने भएको छ । केहि दिन विश्वव्यापी तिब्रगतिको रफ्तारमा बढी रहेपनि सरकारले लकडाउनलाई खुकुलो बनाएको थियो । देशका अन्य ठूला शहरहरुमा जोरविजोर लागु भएपनि कर्णालीको राजधानी वीरेन्द्रनगरमा जोरविजोर प्रणालीमा कढाई भएको थिएन ।

तर जिल्ला प्रशासन कार्यालय सुर्खेतले भने असार ४ गतेबाट लागु हुने गरी मोटरसाइकल र निजी सवारी साधनहरुमा जोरविजोर प्रणाली लागु गर्ने जानकारी दिएको छ । मंगलबार एक सूचना जारी गर्दै हाल सम्म जारी भएका सम्पूर्ण पासहरु आज असार २ गते देखि नै खारेज गरिएको तथा अन्तर जिल्ला सवारीमा पासकोहक साविकको बमोजिम रहेने बताइएको छ । यस्तै मोटरसाइकलमा यात्रा गर्दा चालक मात्र र चार पाङ्ग्रे सवारीमा चालक सहित ३ जना मात्र यात्रा गर्नु आग्रह गरेको छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top