होमपेज / समाज
सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको पीसीआर परीक्षणबाट नयाँ संक्रमित पुष्टि भएका हुन् ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार नयाँ पुष्टि भएका ५ जना दैलेखको दुल्लु नगरपालिका र ४ जना सुर्खेतको गुर्भाकोट र भेरीगंगा नगरपालिकाका रहेका छन् । यो संगै कर्णालीमा कुल संक्रमितको संख्या १ हजार ८६ पुगेको छ ।
कुल संक्रमित मध्ये हासलसम्म ३ सय ४२ जना भने डिस्चार्ज भइसकेका छन् । मंगलबार मात्रै १ सय ९१ जना डिस्चार्ज भएको महाशाखाले जानकारी दिएको छ । मंगलबार दुल्लु अस्पतालबाट २७, दैलेख अस्पतालबाट १ सय २०, सल्यान अस्पतालबाट ४१ जना र प्रदेश अस्पतालबाट ३ जना डिस्चार्ज भएको महाशाखाले जानकारी दिएको छ ।