ट्रेण्डिङ

होमपेज / समाज

पश्चिमी वायुको प्रभावले देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना 

नेपालगाथा २०७७ असार २ गते मंगलबार १३:०२:५८ मा प्रकाशित

काठमाडौँ । देशभर पश्चिमी वायुको प्रभावले धेरै स्थानमा भारी बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले देशको पूर्वी र मध्य भू–भागमा मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको भन्दै महाशाखाले प्रदेश नं ५ का थोरै भू–भाग गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश नं २ र प्रेश नं १ का धेरै भू–भागहरुमा वर्षा भईरहेको जनाएको छ । 

देशभर धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै  प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । जसका कारण ती क्षेत्रहरुका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात  समेत  प्रभावित हुने संभावना  रहेको हुनाले सबैले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

मंगलबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली  रहने महाशाखाले जानाएको छ ।  प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र  प्रदेश ५ का धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना छ भने सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका का थोरै स्थानहरुमा  मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली  रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र  प्रदेश ५ का धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना छ भने सुदुर पश्चिम प्रदेश  र कर्णाली प्रदेशका  थोरै स्थानहरुमा  मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । यस्तै प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top