होमपेज / समाज
दैलेख । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घरमै पुगेर बीमा चेक हस्तान्तरण गरेको छ । दैलेखको दुल्लुमा बीमितको मृत्युपछि उनको घरमै पुगेर बीमा रकम हस्तान्तरण गरिएको हो ।
प्रस्ताबिक शाखा दैलेखका प्रमुख मिलन श्रेष्ठकका अनुसार दैलेखको दुल्लु नगरपालिका वडा नं २ का मृतक नरीबहादुर कामीको आमा जलधरि कमेनीलाई घरमै गएर चेक हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा दुल्लु नगरपालिका वडा नं ४ का वडा अध्यक्ष भरतप्रसाद उपाध्यायले अहिलेको यस जटिल परिस्थीतीमा पनि मृतकको घर आगनमै आएर सेवा दिएको भन्दै धन्यवाद व्यक्त गरे । उनेले भन्, ‘आशा थियो एशियन लाईफ इन्स्योरेन्स कम्पनीले ढिलै भए पनि मृतकका आफन्तलाई रकम दिन्छ भन्ने जुन आज पुरा भएको छ ।
यसरी बीमा गरिएको व्यक्तिको मृत्यु पश्चात बीमा वापतको चेक हस्तान्तरण गर्दा जनमानसमा बीमा प्रतिको सकरात्मक सन्देश जानुका साथै मृतका आश्रित परिवारहरुलाई आर्थिक राहात हुने भयो ।’
एशियन लाईफ इन्स्योरेन्स कम्पनीको अभियान घरदैलोमै मृत्यु दाबी चेक हस्तान्तरण अन्तर्गत जस्तो सुकै परिस्थीतीमा पनि मृतकको घर आगनमै पुगेर मृत्यु दाबिको चेक हस्तान्तरण गर्ने कार्यक्रम अन्तर्गत नै चेक हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ ।
चेक हस्तान्तरण कार्यक्रममा अभिकर्ताहरु तिर्थ कार्की, नन्दराम थापा, बमबहादुर थापा, टपेन्द्र थापा, टोपबहादुर थापा, द्रोणाचल क्याम्पस दुल्लुका सहायक क्याम्पसका प्रमुख प्रेमबहादुर खड्का र प्रस्तावित उपशाखा दुल्लुका कर्मचारी दिपक कार्कीको समेत उपस्थित रहेको थियो ।
मृतक नरीबहादुर कामीले रु १ लाख १ हजारको बीमा गरे वापत उनको मृत्यु पश्चात, आमा जलधरि कमेनीलाई बीमांङ्क र बोनस सहित रु १ लाख ८ हजार ७० रुपैयाको चेक हस्तान्तण गरिएको हो ।