होमपेज / समाज
काठमाडौं । सुर्खेत सहित १६ जिल्लाका प्रहरी प्रमुखको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले १६ वटा जिल्लाको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो । एक वर्ष कार्य अवधि पूरा भएका उनीहरुलाई सरुवा गरिएको हो ।
सरुवा हुनेहरुमा सुर्खेतका प्रहरी प्रमुख दिल्लीराज पन्त सुदुरपश्चिम प्रदेश दंगा नियन्त्रण प्रहरी गणमा सरुवा भएका छन् भने सुर्खेत प्रहरी प्रमुखको जिम्मा प्रहरी प्रधान कार्यालय बजेट शाखा नक्साल काठमाडौँमा कार्यरत राजेन्द्रप्रसाद भट्ट दिइएको छ ।
त्यस्तै, कास्कीमा प्रहरी प्रमुख एसपी दानबहादुर कार्की विशेष ब्युरोमा ल्याइएका छन् भने त्यहाँ जीवनकुमार श्रेष्ठ पठाइएका छन् । महोत्तरीमा टिका केसी, सिराहामा उमाशंकर पञ्जियार र बाँकेमा ओमबहादुर राणा पठाइएका छन् ।
तनहुँमा अरुण पौडेल, धनकुटामा गोविन्द अधिकारी, डोटीमा जनकराज पाण्डेय, पूर्वी नवलपरासीमा दिपक रेग्मी, पाल्पामा दिपकराज खरेल, इलाममा नविनराज राई, कविलवस्तुमा नवराज अधिकारी, उदयपुरमा भिमबहादुर दाहाल, मोरङमा सन्तोष खड्का र गोरखामा सुरेन्द्रबहादुर गुरुङ पठाइएको छ ।
यस्तै प्रहरी मुख्यालयले निकालेको सूची अनुसार भक्तपुर प्रहरी परिसरका प्रमुख सविन प्रधान पनि फेरिएको छ । उनको ठाउँमा एसपी तारादेवी थापालाई पठाइएको उल्लेख गरिएको छ ।