ट्रेण्डिङ

होमपेज / समाज

गुर्भाकोटको क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु

नेपालगाथा २०७७ असार १ गते सोमबार १७:४३:२५ मा प्रकाशित

सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा बसेका एक जनाको मृत्यु भएको छ । नगरपालिका वडा नम्बर ७ स्थित सिलवानी क्वारेनटाइनमा बसेका एक जना पुरुषको मृत्यु भएको हो । १३ दिन अघि भारतको गडवालबाट स्वदेश फर्किएका उनको सोमबार बिहान करिब १० बजेतिर मृत्यु भएको गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनले जानकारी दिए ।

प्रमुख पुनका अनुसार मृत्यु भएका ती व्यक्ति पहिले देखी क्षयरोगका बिरामी थिए । टाउकोमा पहिल्यै १६ वटा टाँका पनि लागेका थिए । बिहान आफैले खाना पकाएर खाएपछि एक्कासी छाती दुख्यो भनेर पल्टिएको बेला मृत्यु भएको प्रमुख पुनको भनाई छ । पीसीआर परिक्षणको लागि उनको स्वाब सुर्खेत प्रयोगशालामा पठाइएको उनको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top