ट्रेण्डिङ

होमपेज / समाज

सरकारविरुद्ध प्रदर्शन गर्ने विदेशी नागरिकलाई २ वर्ष नेपाल प्रवेश रोक

नेपालगाथा २०७७ असार १ गते सोमबार १७:२७:१४ मा प्रकाशित

काठमाडौँ । नेपाल सरकारले सरकार विरुद्ध प्रदर्शन गर्ने विदेशी नागरिकलाई २ बर्ष नेपाल प्रवेश रोक लगाउने भएको छ । अध्यागमन विभागले सरकारविरुद्ध प्रदर्शन गर्ने ५ विदेशी नागरिकलाई २ वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी निस्कासन गरेको हो । लकडाउन खुलेपछि उनीहरुलाई नियन्त्रणमा लिएर २ वर्षका लागि नेपाल प्रवेश गर्न नपाउने गरी निस्कासन गरिने अध्यागमन विभागका महानिर्देशक रमेश केसीले जानकारी दिए ।

पक्राउ परेका ६ जनामध्ये एक नेपाली नागरिकसँग विवाह गरी वैवाहिक भिसा लिएका कारण उनलाई भने जरिवानामात्रै गरिएको छ । जेठ ३१ गते सरकारविरुद्ध आह्वान गरिएको प्रदर्शनमा तीन चिनियाँ नागरिक ‘ईई–१७६४४१०’ राहदानी वाहक ४० वर्षीय महिला क्वीन लि, ‘ई–०६३६१०३६’ राहदानी वाहक २६ वर्षीय लिउ सु र ‘ई–१७३५४८९३’राहदानी वाहक ३० वर्षीय यानन जिया, अस्ट्रेलियन नागरिक ‘सी–४–एन–१२१–जेडजेएम’ राहदानी वाहक २४ वर्षीय कलानी गाकोन, ‘५६१२७२२२२’ राहदानी वाहक ३२ वर्षीय अमेरिकी नागरिक स्टेफनी एनथमसन र ‘३४१३४०१४’ राहदानी बाहक ३१ वर्षीय नर्वेजियन महिला महिला मरिता लिभरोद सरकारविरुद्ध प्लेकार्डसहित प्रदर्शनमा सहभागी भएका थिए । प्रदर्शनकै क्रममा उनीहरु पक्राउ परेका थिए ।

महानिर्देशक केसीका अनुसार पक्राउ परेकामध्ये नर्वेजियन नागरिक मरिता लिभरोदलाई ५ हजार जरिवानामात्रै गराइएको छ । बाँकी ५ जनामध्ये तीन चिनियाँ र एक अमेरिकी नागरिकलाई १० हजार जरिवाना र २ वर्ष नेपाल प्रवेशमा रोक लगाइएको छ । अस्ट्रेलियन नागरिक कलानी गाकोनलाई भने २ वर्ष नेपाल प्रवेश गर्न रोक लगाउनुका साथै २० हजार रुपैयाँ जरिवाना गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top