ट्रेण्डिङ

होमपेज / समाज

देशभर थप ४ सय ५१ जनामा कोरोना 

नेपालगाथा २०७७ असार १ गते सोमबार १६:४९:०३ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर  थप ४ सय ५१ जनामा कोरोना संक्रमण पाइएको छ । ति मध्ये ३५ महिला र ४ सय १६ जना पुरुष रहेका छन् ।  यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । जसमध्ये ४ सय ७१ जना महिला र ५ हजार ७ सय ४० जना पुरुष छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ६७ जना डिस्चार्ज भएका छन् । जम्मा १ हजार ४१ जना संक्रमित निको भएर डिस्र्चाज भएका छन् । डिस्चार्ज हुनेमा १०४ महिला र ९ सय ३७ जना पुरुष रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top