ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीमा थप १ सय १० जनामा कोरोना, संक्रमितको संख्या १ हजार नाघ्याे

नेपालगाथा २०७७ असार १ गते सोमबार १६:३९:४३ मा प्रकाशित

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप १ सय १० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेख र सुर्खेतमा गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो । 
प्रदेश अस्पताल सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका ९१ जना र सुर्खेतका १९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या १०७७ पुगेको छ । भने निको हुनेको संख्या १ सय ५१ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top