ट्रेण्डिङ

होमपेज / समाज

अँधेरी गुफा जाने बाटो निर्माणकार्य शुरु

नेपालगाथा २०७७ असार १ गते सोमबार १५:०८:०९ मा प्रकाशित

सुर्खेत । वीरेन्द्रनगर ९ मा अवस्थित पर्यटकीय क्षेत्र अधेँरी गुफा सम्म जानकालागि बाटो निर्माणको काम सुरु भएको छ ।  वीरेन्द्रनगर नगरपालिका ९ नं. वडा कार्यालयले केही बर्ष अगाडी फेला परेको अँधेरी गुफा सम्म पुग्नकोलागि प्रधानमन्तरी रोजगार कार्यक्रम मार्फत आज (सोमबार) देखि सडक ट्रयाक खोल्ने कामको शुरु गरेको हो । 

सडक निर्माणको काम शुभारम्भ गर्दै ९ नं वडाका अध्यक्ष सुरेश मान्नधरले केही बर्ष अगाडी फेला परेको अँधेरी गुफामा जान पर्यटकहरुको सहज पहुँचको लागि बाटो निर्माणको काम सुरु गरिएको बताए । 

‘पर्यटन प्रवर्धन गर्नका लागि हामी केही समय अगाडी काँक्रविहार देखि अँधेरी गुफा सम्म दौड प्रत्यिोगिता पनि सम्पन्न गरेका थियौ ।’ उनले भने, ‘त्यतिवेला कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढालाई पनि यो गुफा देखाएका थियौ मन्त्री ज्यूले पनि यस गुफाको पर्यटन प्रवर्धनकालागि सक्दो सहयोग गर्ने

प्रतिवद्धता पनि व्यक्त गर्नुभएको थियो ।’ गुफाको बाटोलाई वीरेन्द्रनगरको चक्रपथमा जोड्ने उनको भनाई छ ।  यस्तै नौलो सुधारवाद सामुदायिक वनका किशनबहादुर शाही, वडासदस्य पुरनबहादुर शाही तथा वडासदस्य (दलित) टिक विक समाजसेवीले पर्यटन प्रवर्धनकालागि सबैजनाले एकजुट भएर काम गर्नुपर्नेमा जोड दिएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top