ट्रेण्डिङ

होमपेज / समाज

सरकारी कार्यालय आजबाट सञ्चालन हुँदै

नेपालगाथा २०७७ असार १ गते सोमबार ०८:२१:१६ मा प्रकाशित

काठमाडौं । सरकारी कार्यालयहरु आजबाट सञ्चालन हुँदैछन् । बिहान ८ बजेदेखि १ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ गरी दुई सिफ्टमा सञ्चालनको लागि तोकिएको छ । 

लकडाउनका कारण ८३ दिन सम्म बन्द रहँदै आएका देशभरका सरकारी कार्यालयहरुलाई सरकारले १ असारदेखि खोल्ने निर्णय यस अघि गरेको थियो । कर्मचारीहरुले भौतिक दुरी कायम गर्न र स्वास्थ्य सुरक्षाका उपाय अपनाएर काम गर्न भनेको छ ।

मन्त्रालयल गायतका केही केन्द्रीय निकायहरुबाट आंशिक रुपमा सेवा प्रवाह हुँदै आए पनि अन्य कार्यालयहरु बन्द रहँदै आएका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले सरकारले बनाएको स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी आजबाट सबै सरकारी कार्यालयबाट सेवा सुचारु गर्न लागिएको बताए ।

स्वास्थ्य मापदण्ड पालना गराउन सम्बन्धित कार्यालय प्रमुखलाई जिम्मेवारी दिइएको छ । सेवाग्राहीको भिडभाड हुने कार्यालयमा टोकन प्रणाली अपनाउन, कार्यालय प्र्रवेश गर्नुअघि नै तापक्रम नाप्ने व्यवस्था गर्न भनिएको छ । साथै स्यानिटाइजर र मास्क लगाउने लगायतका नियम पनि सेवाग्राही र कर्मचारीले पालना गर्नुपर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top