होमपेज / समाज
काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण विश्वभर हाल सम्म ४ लाख ३२ हजार बढिको मृत्यु भएको छ । तथ्याङ्क अनुसार हाल सम्म चार लाख ३२ हजार ९ सय ९ जनाको मृत्यु भएको छ । भने ७८ लाख ९२ हजार १ सय ३० जना कोरोना संक्रमित भएका छन् ।
कोरोनाबाट अमेरिकामा सबै भन्दा धेरै २० लाख ९३ हजार ८ सय ४८ जना संक्रमित फेला परेका छन । त्यहाँ हालसम्म एक लाख १५ हजार ७ सय ३० जना संक्रमितले ज्यान गुमाएका छन् ।
नेपालको दक्षिणी छिमेकी देश भारतमा तीन लाख २० हजार ९ सय २२ जना संक्रमित भेटिएका छन् भने नौ हजार १ सय ९५ जनाको मृत्यु भएको छ । तथ्याङ्क अनुसार विश्वभर भेटिएका करिब ४१ लाख संक्रमितहरू उपचारपछि निको भइसकेका छन ।