ट्रेण्डिङ

होमपेज / समाज

रुकुम हत्याकाण्डको विरोधमा काठमाडौँमा प्रदर्शन 

नेपालगाथा २०७७ जेठ ३२ गते आइतबार १८:४७:२३ मा प्रकाशित

काठमाडौँ । गएको जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोतीमा भएको हत्याकाण्डको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ । जातीय आधारमा हत्याकाण्ड मच्चाइएको भए पनि राज्य संयन्त्र नै लागेर यसलाई दबाउन खोजिएको उनीहरुको आरोप छ । 

घटनालाई योजनाबद्ध ढंगले दबाउन खोजिएको उनीहरुको भनाई थियो । उनले घटनालगत्तै स्थानीय राजनीतिक नेतृत्व र प्रशासन मिलेर घटना लुकाउने प्रपञ्च गरेको अनुसन्धानबाट पत्ता लागेको बताए । ‘चौरजहारीका मेयरले त्यहाँका सिडियो लगायतका सँग मिटिङ गरेर घटना लुकाउने योजना बनाएको पत्ता लागेको छ,’ उनीहरुले भने । न्याय हरण हुन लागेको भन्दै उनले न्याय जोगाउन सबै जाग्नुपर्ने बताए ।

विरोध सभामा बोल्दै साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले दलितहरुमाथि सँधै दमन हुँदै आएको बताएका थिए । विश्लेषक श्याम श्रेष्ठले यो घटनाको विरोधमा अमेरिकामा जर्ज फ्लोएडको हत्याको विरोध भएको जस्तो प्रदर्शन हुने अपेक्षा गरेको तर यसलाई सहरी समाजले वास्तै नगरेको देख्दा छक्क परेको बताए । ‘दलित भएर प्रेम गरेको आधारमा ६ जना युवाको हत्या हुँदा हाम्रो समाज मौन बसेको छ,’ उनले यो मौनता तोडिनु पर्ने पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top