ट्रेण्डिङ

होमपेज / समाज

अफगानिस्तानबाट १८ नेपाली स्वदेश फर्कीए

नेपालगाथा २०७७ जेठ ३२ गते आइतबार १५:३०:१९ मा प्रकाशित

काठमाडौं । अफगानिस्तानबाट १८ जना नेपाली स्वदेश फर्कीएका छन् । संयुक्त राष्ट्रसंघ (युएन)को जहाजले १८ जना नेपालीलाई स्वदेश फर्काएका हुन । आइतबार बिहान अफगानिस्तानबाट उडेको जहाज पौने १ बजे त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उनीहरू संयूक्त राष्ट्रसंघीय सहायता मिसनमा कार्यरत थिए ।

कोभिड १९ व्यवस्थापन केन्द्र (सिसिएमसी)ले दिएको जानकारी अनुसार उक्त मिसनमा कार्यरत नेपालीहरु आफैँले जहाज चार्टर्ड गरेर फर्किएका हुन् ।
त्यस्तै आजै मात्र बांगलादेशबाट २ सय ६४ नेपाली लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौं आउने छ । 

विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम र निजी लगानीको हिमालय एयरलाइन्सका जहाज ल्याइने बताइएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top