ट्रेण्डिङ

होमपेज / समाज

थप ५२ जनामा कोरोना, कर्णालीमा संक्रमण हुनेको संख्या ९ सय ६७ पुग्यो

नेपालगाथा २०७७ जेठ ३२ गते आइतबार १५:०९:२६ मा प्रकाशित

सुर्खेत । आइतबार कर्णालीमा थप ५२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालमा भएको परीक्षणबाट आइतबार थप ५२ जनामा कोरोना पुष्टि भएको हो ।

आइतबार थपिएका दैलेखका ३७ र सुर्खेतका १५ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यो सँगै कर्णालीमा संक्रमितको संख्या ९ सय ६७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top