ट्रेण्डिङ

होमपेज / समाज

यूवाहरुद्वारा राजमार्ग सरसफाई

नेपालगाथा २०७७ जेठ ३२ गते आइतबार १४:३८:३८ मा प्रकाशित

सुर्खेत । सामाजिक सञ्जाल फेसबुकको चिर्चित समूह मोटे ग्याङ्ग नेपाल र तनाव छ जिन्दगीले राजमार्गको सरसफाई गरेको छ । लकडाउनको समयमा राजमार्गमा भएको फोहोर व्यवस्थापन गरिएको हो । 

यस अघि कोरोना भाइरसको संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न लकडाउनको समयमा भारतबाट घर फर्किएका नागरिकहरुलाई कर्णाली प्रदेश सरकारले छिन्चुमा खाना खुवाउने व्यवस्था गरेको थियो । खानाको प्रयोगपछि निस्केका फोहोरहरुलाई विर्सजन गर्नका लागि स्थान बनाए पनि नागरिकहरुबाट वीरेन्द्रनगर छिन्चु सडक खण्डमा यत्रतत्र फालिएका फोहोरहरुलाई यूवाहरुको समूहले विसर्जन गरेको हो ।

त्यस्तै यूवाहरुको समूहले भेरी पुल र वीरेन्द्रनगरको प्रवेशद्वार सुब्बाकुनामा दिप प्रज्वलन गरेको छ । कोभिड १९ को संक्रमणबाट ज्यान गुमाउनु भएकाहरुको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै दिप प्रज्वलन गरिएको समूहका सदस्य नरेश शर्माले बताए । 

सुर्खेत उद्योग बाणिज्य संघका कोषाध्यक्ष भद्र भण्डारीले यूवाहरुको प्रयासले हामी फोहोरहरुलाई विसर्जन गरेको बताए । उनले भने ‘अझै धेरै गर्न बाँकी नै छ । यो कार्यमा सबैले साथदिन आग्रह गर्दछु ।’

मोटे ग्याङ्ग नेपाल र तनाव छ जिन्दगी समूहले विभिन्न संघसंस्थाको सहयोग तथा आफ्नै खर्चमा सुब्बाकुनामा घरजाने नागरिकहरुलाई विभिन्न सेवा गर्दै आइरहेको छ । साथै इन्टरनेट सेवा प्रदायक संस्था वर्डलिङ्क संग सहकार्य गर्दै सुब्बाकुना क्षेत्रमा फ्रि इन्टरनेटको व्यवस्था समेत गरिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top