होमपेज / समाज
कैलाली । सीमानाकाबाट हुने अपराध नियन्त्रण, अवैध चोरी निकासी, सीमा सुरक्षा जस्ता कुराहरुलाई ध्यानमा राखेर कैलालीको सीमावती क्षेत्रको थप ५ स्थानमा सशस्त्र प्रहरीको बीओपी स्थापना गरिएको छ । जिल्लाको बङ्गराकटान, जुगेडा, खोनपुर, हिक्मतपुर र श्रीलङ्का टापुमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको हो ।
जिल्लामा अब बीओपीको सङ्ख्या ९ पुगेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटरले जनाएको छ । १ सय १ किलोमिटर खुला सिमाना रहेको जिल्लामा लकडाउन अवधिमा सशस्त्र प्रहरी परिचालन गरी सीमा सुरक्षा हुँदै आएको छ ।
जिल्लाका पाँच स्थानमा बीओपी थप गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटरका गणपति सशस्त्र प्रहरी उपरीक्षक कमल प्रसाद तिमिल्सीनाले जानकारी दिए ।
बीओपी स्थापना भएसँगै सीमा सुरक्षा, अपराध नियन्त्रण र अवैध चोरी निकासी पैठारी नियन्त्रण गर्न थप बल पुग्नुका साथै त्यस क्षेत्रका नागरिकको सुरक्षाको हुने जनाइएको छ ।