ट्रेण्डिङ

होमपेज / समाज

गुल्मीका कोरोना संक्रमित एक जनाको मृत्यु

नेपालगाथा २०७७ जेठ ३२ गते आइतबार ०८:२१:४४ मा प्रकाशित

गुल्मी । गुल्मीका कोरोना संक्रमित एक जना बिरामीको मृत्यु भएको छ । स्वास्थ्य गम्भीर हुँदै गएपछि यसअघि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीले नै रगत दिएका थिए । तर कोसिस गर्दागर्दै पनि उनलाई बचाउन चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले नसकेको बताए ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको उपचारमा खटिएका डा. कविराज भुसालले बताए ।

शवलाई राति नै उनकै जन्मस्थान नजिकै नेपाली सेनाले व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । भारतबाट आएर धुर्कोटको क्वारेन्टिनमा रहेका बेला जेठ १२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनले जेठ १३ गतेदेखि तम्घासमा रहेको आसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top