होमपेज / समाज
सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप ७० जनामा कोरोना देखिएको छ । प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ७० जनामा कोरोना भाइरस देखिएको हो । संक्रमित हुनेहरुमा सुर्खेतका ४० जना र दैलेखका ३० जना रहेका कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । यो संगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या ९ सय १६ पुगेको छ ।
जसमा दैलेखका ५ सय २, सुर्खेतका १ सय ९७, सल्यानका १ सय ३७ , कालिकोट २८ जना रहेका छन् । यस्तै जुम्लाका २४, जाजरकोटका ८, मुगुका २, हुम्ला १ र डोल्पा १ जना रहेका छन् । भने अन्य विभिन्न प्रदेशका नागरिक १६ जना रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।