होमपेज / समाज
काठमाडौं । शनिबार देश भर थप २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा आज शनिबार २ सय ७३ जना कोरोना संक्रमण देखिएको हो ।
यस सँगै नेपालमा नेपालमा कुल संक्रमितको ५ हजार ३ सय ३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणकै कारण नेपालमा मृत्यु हुनेको संख्या १८ पुगेको छ । त्यस्तै, डिस्चार्ज हुनेको संख्या ९ सय १३ पुगेको छ ।