ट्रेण्डिङ

होमपेज / समाज

कोरोनाबाट बारामा एक बालकको मृत्यु

नेपालगाथा २०७७ जेठ ३१ गते शनिबार १२:४५:०२ मा प्रकाशित

बारा । कोरोनाबाट बारामा एक बालकको मृत्यु भएको छ । जिल्लाको निजगढ ६ माथिल्लो योजनाका एक बालकको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । ज्वरो आएपछि वीरगञ्ज लगिएका ति ५ वर्षिय बालकको शुक्रबार मृत्यु भएको हो ।

मृतक बालकको कोराना परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनालले जानकारी दिए । नारायणी उपक्षेत्रीय अस्पतालमा गरिएको परीक्षणमा कोरोनाको रिर्पोट पोजेटिभ आएको नगर स्वास्थ्य संयोजक रमेश लामाले जानकारी दिए । 

स्थानीय मेडिकल र निजगढ सामुदायिक अस्पतालमा उपचार गर्दा ज्वरो नियन्त्रणमा नआएपछि उनलाई वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो । उनको अस्पतालमा नै मृत्यु भएपछि आरडीटी परीक्षणमा पोजेटिभ रिर्पोट आएपछि थप परीक्षणका लागि पीसीआर गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top