होमपेज / समाज
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अर्घाखाँचीका एक ५७ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
जिल्लाको मालारानी क्वारेन्टाइनमा रहेका ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरी घर फर्किने क्रममा उनको बाटोमै मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । जेठ २९ गते भैरहवामा भएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनी भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका थिए ।