होमपेज / समाज
दैलेख । शुक्रबार दैलेखका २२ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । जिल्लाको सरस्वती माविको आइसोलेसनमा उपचार गराई रहेका २२ जनाले शुक्रबार कोरोना जितेका छन् । उनीहरु सबै केहि दिन अघि भारतबाट आएका नारायण नगरपालिकाका रहेका छन् । २२ जना पुरुषहरूलाई १५ देखि २५ दिनसम्म आइसुलेसनमा राखेर उपचार गराएपछि शुक्रबार कोरोनामुक्त भएका उनीहरुलाई घर पठाइएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए ।
केही दिन अगाडि सरस्वती माविको साइसोलेसनमा उपचार गराइ रहेकी २५ वर्षीय महिलाले कोरोना जितेकी थिइन् भने दुल्लुमा रहेको कोरोना अस्पतालबाट दुई वर्षीय बालकसहित ३ जनाले कोरोना जितेका थिए । शुक्रबार कोरोनामुक्त भएका २२ जनासहित दैलेखमा कोरोना जित्नेको संख्या २६ पुगेको छ । दैलेखका सम्पूर्ण स्थानीय तहमा गरेर ४ सय ३४ जनामा हाल सम्म कोरोना देखिएको छ । भने एक जनाको मृत्यु भएको छ ।