ट्रेण्डिङ

होमपेज / समाज

शुक्रबार थप कर्णालीका ८३ जनामा कोरोना

कुल संक्रमितको संख्या ८ सय ४६

नेपालगाथा २०७७ जेठ ३० गते शुक्रबार १७:२२:०५ मा प्रकाशित

सुर्खेत । शुक्रबार कर्णालीका ८३ जनामा कोरोना संक्रमण देखिएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमख डा. लक्ष्मीनारायण तिवारीका अनुसार सुर्खेतका ४५ र दैलेखका ३८ जनामा कोरोना पुष्टि भएको हो ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा उनीहरुमा कोरोना देखिएको हो ।  यो सँगै कर्णालीका सम्पूर्ण जिल्लामा गरेर कोरोना संक्रमितको संख्या ८ सय ४६ पुगेको छ । जस मध्ये ३ जनाको मृत्यु भएको छ भने ८२ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । शुक्रबार दैलेख अस्पतालबाट २२ जना डिस्चार्ज भएको समेत महाशाखाले जानकारी दिएको छ । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top