ट्रेण्डिङ

होमपेज / समाज

भारतमा तिव्र गतिमा कोरोना फैलिदैं

धेरै संक्रमित हुने चौथो मुलुक

नेपालगाथा २०७७ जेठ ३० गते शुक्रबार १२:४३:३१ मा प्रकाशित

काठमाडौँ । छिमेकी देश भारतमा कोरोना भाइरस कोभिड १९ तिव्र गतिमा फैलिरहेको छ । पछिल्ला दिनहरुमा भारतले कोरोनाबाट प्रभावित बेलायतलाई उछिन्दै सर्वाधिक कोरोना संक्रमित भएको विश्वको चौथो मुलुक बनेको छ । 

वर्ल्डमिटरको बिहीबारको तथ्यांक अनुसार भारतमा संक्रमित संख्या २ लाख ९५ हजार ७ सय ७२ पुगेको छ । भने बेलायतमा यो संख्या २ लाख ९१ हजार ५ सय ८८ रहेको छ । कोरोनाबाट धेरै प्रभावित हुनेको सूचिमा पहिलो तीन स्थानमा क्रमशः अमेरिका, ब्राजिल र रसिया रहेका छन् ।

शुक्रबार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण हालसम्म त्यहाँ ८ हजार ४ सय ९८ ज्यान गइसकेको छ । यसै गरी मन्त्रालयले त्यहाँ संक्रमित संख्या २ लाख ९७ हजार ५ सय ३८ पुगेको जानकारी दिएको छ ।

मे २४ मा भारत विश्वको सर्वाधिक कोरोना प्रभावित १० औं मुलुकको बनेको थियो । त्यसयता भारतमा संक्रमित संख्या निरन्तर बढिरहेको छ । जुन २ यता भारतमा दैनिक १० हजारको करिब संक्रमित फेला परिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top