ट्रेण्डिङ

होमपेज / समाज

सर्लाहीमा भारतीय नागरिकले सशस्त्र पोष्टमा आक्रमण गरेपछि, गोली चल्यो 

नेपालगाथा २०७७ जेठ ३० गते शुक्रबार १२:२०:०० मा प्रकाशित

सर्लाही । सर्लाहीमा भारतीय नागरिकले सशस्त्र प्रहरीको पोष्टमा आक्रमण गरेपछि प्रहरीले गोली चलेको छ । शुक्रबार बिहान भारतीय नागरिक नेपालतर्फ प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले रोकेपछि भारतीय नागरिकहरूले सशस्त्र प्रहरी पोष्टमै आक्रमण गरेपछि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी विश्वमणी पोखरेलले जानकारी दिए । 

सशस्त्र प्रहरीले नेपाल प्रवेश गर्न खोजेका भारतीय नागरिकलाई रोक्न खोज्दा उनीहरूले प्रहरीमाथि आक्रमण गर्न खोजेको र हतियार पनि खोस्न आएपछि फाएरिङ गरेको एसपी पोखरेलले बताए । ‘सर्लाहीको संग्रामपुर बीओपीमा सुरक्षामा रहेका सशस्त्र प्रहरी बलमाथि आक्रमण भएको हो । त्यसपछि सशस्त्र प्रहरी

बलले १० राउण्ड हवाई फायर गरेको हो’ पोखरेलले बताए । आक्रमणकारी तीनजना घाइते भएका छन् । हतियार खोस्न आउने केही व्यक्तिलाई प्रहरीले पक्राउसमेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top