होमपेज / समाज
काठमाडौं । आज (शुक्रबार) देशका विभिन्न क्षेत्रमा मौसम बदली भए सँगै दिउँसोपछि धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
बेलुकीपख प्रदेश १, २, वाग्मती प्रदेश र गण्डकी प्रदेशसँगै प्रदेश ५ मा वर्षाको सम्भावना छ ।
नेपालमा जुन १० तारिखमा मनसुन प्रवेश गर्नुपर्ने भए पनि यसपाला ढिलो भएको हो । दुई वर्ष अघि जुन १० तारख अगावै भित्रिएको मनसुन पोहोर भने ढिलो गरी भित्रिएको थियो ।
प्रि मनसुन कायमै रहेको र स्थानीय वायुसँगै बंगालको खाडीमा न्यूनचापीय रेखा विकसित भएकाले धेरै ठाउँमा मेघ गर्जन सहित पानी पर्ने महाशाखाले बताएको छ ।