ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीका थप ५५ जना कोरोना

नेपालगाथा २०७७ जेठ २९ गते बिहीबार १६:५१:०४ मा प्रकाशित

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप ५५ जनामा कोरोना संक्रमण देखिएको हो । 

थपिएका मध्ये दैलेखका ४८ जना, सुर्खेतका ६ जना र काठमाडौंका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यो सँगै कर्णालीमा बिहीबारसम्म संक्रमितको संख्या ७ सय ६३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top