ट्रेण्डिङ

होमपेज / समाज

गृहको निर्देशन आए लगत्तै लकडाउन खुकुलो पारिने

प्रजिअ रेग्मीद्वारा धैर्य गर्न आग्रह

नेपालगाथा २०७७ जेठ २९ गते बिहीबार १४:०२:०० मा प्रकाशित

सुर्खेत । सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गृह मन्त्रालयको निर्देशन आए लगत्तै सुर्खेतमा लकडाउन खुकुलो पार्ने बताएका छन् । मन्त्रिपरिषद्को बुधबारको बैठकले लकडाउनको ढाँचा परिवर्तन गर्दै पसल व्यापार, व्यवसाय र आवागमनमा केही खुुकुलो बनाउने निर्णय गरेपनि प्रशासनलाई आधिकारिक निर्देशन नआएकाले अहिले लकडाउन यथास्थितिमा रहेको बताए । बिहीबार नेपालगाथा अनलाइनसँग कुरा गर्दै प्रजिअ रेग्मीले मन्त्रालयको निर्देशन अनुसार लकडाउन खुकुलो पार्ने भएकाले सबैलाई धैर्य गर्न आग्रहसमेत गरेका छन् । 

‘नेपाल सरकारले निर्णय त गरेको छ । कस्ता कस्ता सेवा सञ्चालन गर्ने, कसरी खुकुलो पार्ने भन्ने प्रशासनलाई आधिकारीक जानकारी आइपुगेको छैन ।’ उनले भने, ‘सरकारले जोखिमताको आधारमा खुकुलो पारिने, जोखिम क्षेत्र निर्देशन गरेर जिल्ला प्रशासनलाई निर्देशन दिन्छ भन्ने विश्वास लिएको छु ।’
लामो समयसम्मको लकडाउनका कारण दिन प्रतिदिन व्यवसायजन्य क्षेत्रका गुनासाहरु बढ्दै गएको अवस्थामा आज नै गृह मन्त्रालयको सर्कुलर आउने र आए लगत्तै त्यसको कार्यान्वयन गर्ने उनको भनाई छ । 

मन्त्रालयले स्थानीय परिवेश तथा यहाँका सरोकारवालाहरुसँगको समन्वयनमा लकडाउनलाई खुकुलो पार्ने वा माथिबाटै निश्चित क्षेत्र निर्धारण गरेको अवस्थामा सोही अनुसार अघि बढ्ने उनको भनाई थियो । 

‘अहिले यो सुर्खेत मात्रै नभएर राष्ट्रिय संकटको हो । उनले थपे, ‘सरकारबाट आएको निर्देशनको हामीले भरपुर पालना गर्नुपर्छ । लकडाउनले व्यवसाय क्षेत्रमा परेको असरबारे सरकारलाई पनि अनुभूति भइरहेको छ । सरकारले सबै क्षेत्रलाई ध्यानमा राखेर लकडाउनलाई व्यवस्थित गर्दै गएको छ । अहिले हामी सबैले धैर्यता राख्नु नै ठूला कुरा हो ।’ 

यस अघि सरकारले अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु सबै थप्प गर्न निर्देशन दिएको थियो । तर बुधबारको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक सेवासँगैअन्य क्षेत्रहरु पनि सुचारु गर्ने निर्णय गरेको थियो । विश्वभर फैलिएकाे कोरोना भाइरसको महामारी नेपालमा पनि सुरु भए लगत्तै सरकारले चैत्र ११ गतेबाट लकडाउन गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top