होमपेज / समाज
काठमाडौं । सरकारविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन भएको छ । कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्ने लगायतका माग राखेर सरकारविरुद्ध प्रदर्शन भएको हो ।
प्रदर्शनलाई रोक्नको लागि प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर पारेको छ । ठूलो संख्यामा प्रदर्शनकारीहरु सडकमा उर्तिएका छन् । उनीहरुले दुई दिन अघि पनि बालुवाटारमा सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका थिए । सो प्रदर्शनमा पनि प्रहरीले बल प्रयोग गरेको थियो । महानगरीय प्रहरी परिसरले निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको समेत जानकारी दिएको छ ।