होमपेज / समाज
काठमाडौं । कोरोना महामारीका कारण समस्यामा परेका कुवेतका करिब ३ सय महिला श्रमिकलाई सरकारले आज स्वदेश फर्किने भएको छ । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका महिलालाई कुवेतले काठमाडौं ल्याइदिन लागेको हो । उनीहरु आमाफी प्रक्रिया सामेल भएकाहरु हुन् । सबै प्रक्रिया टुंग्याएर आज दुई वटा उडानमा नेपाली आउन लागेको कुवेतमा लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताए ।
हिजो नै एउटा उडान गर्ने तयारी भएपनि प्रक्रिया नटुंगिएका कारण आजबाट मात्रै कुवेतबाट श्रमिक फर्किने भएका हुन् । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले हिजो नै एक सय ५० जना आउने भनिए पनि आज मात्रै उनीहरुलाई ल्याइन लागेको बताए । गत अप्रिल २६ देखि आममाफी प्रक्रियामा सहभागी उनीहरू घर फर्किने ‘लगेज’ बोकेरै विभिन्न आश्रयस्थल (क्वारेन्टाइन)मा पुगेका थिए ।