होमपेज / समाज
सुर्खेत । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाले किसानलाई वोयर बोटा वितरण गरेको छ । गाउँपालिकाका ९ वटै वडाका करिव १७ समुहलाई ३५ वटा वोयर क्रस ५० प्रतिशत जातको बोका वितरण गरिएको छ । सिम्ता पशु स्वास्थ्य शाखाको आयोजना र गाउँपालिकाको आर्थिक सहयोगमा उक्त बोका वितरण कार्यक्रम भएको जनाइएको छ ।
करिव १० लाख ५० हजार गाउँपालिकाको आर्थिक सहयोग र समुहमा आबद्ध किसानको ५ प्रतिशत लगानीमा किसानलाई उन्नत जातको बोयर बोका वितरण गरिएको सिम्ता गाउँपालिका पशु सेवा कार्यलयका प्रमुख दिलवहादुर पुनले जानकारी दिए ।
उन्नत जातको नश्ल सुधार बोका वितरणले किसानको उत्पादनमूलक क्षेत्रमा टेवा पुरयाउने सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले बताए । बुधबार मात्रै सिम्ताको राकम, गोजिवजार, कालिखोला र बाँखर्क वजारमा बोयर बोका वितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।