ट्रेण्डिङ

होमपेज / समाज

१० अर्ब हैन कोभिड १९ को चिन्ता गरौं – प्रधानमन्त्री

नेपालगाथा २०७७ जेठ २८ गते बुधबार १४:२६:२१ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली १० अर्ब खर्चको बिषयलाई नभएर कोभिड १९ को चिन्ता गर्न आग्रह गरेका छन् । १० अर्ब रकम खर्च भएको विषयमा हिसाब नगर्न सुझाएका छन् ।  

बुधबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले अहिले कोभिड (१९ को विषयमा चिन्ता गर्न सांसदहरूलाई आग्रह गरेका छन् ।
मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १० अर्ब खर्च भएको विषयमा हिसाब मागेको थियो । प्रधानमन्त्री ओलीले १० अर्बको हिसाब प्रणालीगत हिसाबले आउने बताए ।

‘दश अर्ब खर्च भए कहाँ भयो भन्ने प्रश्न आए । त्यसको प्रणाली छ । केन्द्रले प्रदेश र स्थानीय तहमा पठाउँछ । प्रदेशले स्थानीय तहमा पठाउँछ । अहिले कामका बेला लेखा परीक्षणमा बढी केन्द्रित भएका छैनौं । अहिले काममा केन्द्रीत भएका छौं,’ प्रधानमन्त्रीले भने, ‘रकम पठाइएको छ ।’
उनले अनियमितता भएको भेटिए सरकारले कारबाही गर्ने र कानुनको कठघरामा ल्याउने समेत बताएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top