ट्रेण्डिङ

होमपेज / समाज

कालिकोटको दुर्घटना प्रति मुख्यमन्त्रीद्वारा दुख व्यक्त

नेपालगाथा २०७७ जेठ २८ गते बुधबार १४:०८:२९ मा प्रकाशित

सुर्खेत । बुधबार कालिकोटमा भएको दुर्घटना प्रति कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुख व्यत्तः गरेका छन् । एक शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री शाहीले कोरोनाको महामारीमा वाँकेमा भएको दुर्घटनाको पिडा सकिन नपाउदै कालिकोटमा भएको दुर्घटनाले एकदमै दुखित भएको बताएका छन् । 

मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुबबिक्रम बुढाथोकीले जारी गरेको शोक वक्तव्यमा दुर्घटनावाट स्तव्ध बनाएको बताइएएको छ । ‘माननीय मुख्यमन्त्रीज्यूले उक्त दुर्घटनामा निधन हुनुभएका सवैप्रति भावपुर्ण श्रद्धाञ्जली एवं शोकमा रहनुभएका परिवारजनप्रति धैर्य गर्न आग्रह गर्दै गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।’ वक्तव्यमा भनिएको छ । ‘दुर्घटनाका कारण सम्वन्धित घरपरिवारमा पर्नगएको पिडाप्रति माननीय मुख्यमन्त्रीज्यूले सहानुभुति प्रकट गर्नुको साथै दुर्घटनामा परि घाईते हुनुभएका सवैको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।’ 

अकल्पनीय र पिडादायी दुर्घटनामा घाईतेहरुको उपचारको लागि हेलीकोप्टर मार्फत उद्धार गर्न र वेपत्ताहरुको खोजीकार्यको लागि आवश्यक व्यवस्था मिलाउनुको साथै सम्वन्धित निकायलाई निर्देशन भएको उल्लेख गरिएको छ । साथै उनले घाईतेहरुको प्रभावकारी उपचार व्यवस्था मिलाईने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।  

कोभिड–१९ले निम्त्याएको समस्याका कारण विभिन्न क्षेत्रमा अलपत्र परेका ३९ जना नागरिकको उद्धार गरेर जाँदै गरेको टिपर कालिकोटको लालीघाटबाट रास्कोट जाँदै गर्दा दुर्घटना भएको थियो । दुर्घटनामा परी २ जनाको मुत्यु भएको, ६ जना वेपत्ता रहेको, ४ जना गम्भीर घाईते रहेको र २७ जना सामान्य घाइते भएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जानकारी दिएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top