होमपेज / समाज
काठमाडौं । कोरोना भाइरसको महामारीका कारण लामो समय सम्म नेपाल भारतको सीमा अलपत्र परेका नागरिकलाई उद्धार जाँदै गरेको टिपर कालीकोटमा दुर्घटना भएको छ । बुधबार उद्धार गरिएका उनीहरुलाई क्वारेन्टिन स्थलमा लिएर जाँदै गर्दा जिल्लाको नरहरीनाथ गाउँपालिकामा दुर्घटना भएको हो ।
ना८ख ५१३३ नम्बरको टिपरले क्वारेन्टिनमा राख्न रास्कोट नगरपालिका लैजाँदै गर्दा टिपर दुर्घटना भएको हो । दुर्घटनामा परी दुईजनाको मृत्यु भएको र चार जना घाइते भएको प्रदेश प्रहरी प्रमुख बसन्त पन्तले जानकारी दिए । दुर्घटनास्थलमा नेपाली सेना र प्रहरीहरुको टोली उद्धार गरिरहेको र बाँकी विवरण आइनसकेको उनले जानकारी दिए ।