होमपेज / समाज
काठमाडौं । पश्चिम रूकुमको चौरजहारीमा यहि जेठ १० गते ६ जनाको ज्यान मृत्यु भएको घटनाका घाइते भएकाको उपचार र सुरक्षा गर्न महान्यायाधीवक्ताले प्रहरीलाई निर्देशन दिएका छन् ।
सोमबार महान्यायाधीवक्ता अग्नि खरेलले प्रहरी महानिरीक्षकलाई पत्र लेख्दै यस्तो निर्देशन दिएको महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता तथा सहन्यायाधीवक्ता सञ्जीव रेग्मीले जानकारी दिए ।
महान्यायाधीवक्ताले दिएका निर्देशनमा मुख्य तीन बुँदा छन् । पहिलो बुँदामा पीडित घाइतेहरूलाई संरक्षण एवं सुरक्षाको अतिरिक्त चिकित्सकीय मनोवैज्ञानिक र मनोचिकित्सकीय सेवा तथा परामर्श उपलब्ध गराउने उल्लेख छ । दोस्रो बुँदामा मृतकका परिवारलाई सुरक्षा दिनुका साथै आवश्यक मनोचिकित्सकीय सेवा दिन भनिएको छ । महान्यायाधीवक्ताले दिएको तेस्रो निर्देशन पीडित घाइतेहरूलाई अन्तरिम क्षतिपूर्ति दिनु भन्ने छ ।