ट्रेण्डिङ

होमपेज / समाज

रेडियो नेपालका कार्यकारी निर्देशकद्वारा पदबाट राजीनामा

नेपालगाथा २०७७ जेठ २८ गते बुधबार ०७:५९:१५ मा प्रकाशित

काठमाडौं । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । २०६९ मंसिर १९ गतेदेखि पहिलो कार्यकालको चार वर्ष पूरा गरेका कार्की पुनः २०७३ माघ ६ गतेदेखि अर्को कार्यकालका लागि पनि नियुक्त भएका थिए । तर कार्यकाल पूरा हुनुभन्दा सात महिना अगाडि नै कार्कीले राजीनामा दिएका छन् ।
कार्कीले सञ्चार तथा सूूचना प्रविधि मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई मंगलबार राजीनामा पेश गरेको जानकारी दिए । जसमा उनले स्वेच्छाले पदबाट राजीनामा दिएको बताएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top