होमपेज / समाज
काठमाडौँ । नेपालमा मनसुन सुरु हुन अझै केहि समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल स्थानीय वायु, पश्चिमी वायु र बंगालको खाडिमा रहेको निम्न चापिय प्रणालीको प्रभाव रहेको महाशाखाले जानकारी दिएको हो ।
सामान्यतया नेपालको पूर्वी भू–भागमा आजकै दिन वा जुन १० मा मनसुन सुरु हुने भएता पनि यस वर्ष नेपालमा मनसुन शुरु हुन अझ केहि दिन लाग्ने महाशाखाको भनाई छ । हाल देशको बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का सबै भू–भागहरु लगायत प्रदेश १, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडि भू–भागहरुमा र प्रदेश २ का पश्चिम तिरका भू–भागहरुमा सामान्य बदली रहेको छ भने बांकी भू–भागहरुमा आंशिक बदली रहेको छ ।
प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का भू–भागमा सामान्य बदली रही थोरै स्थानहरु साथै कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहि का एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ ।