ट्रेण्डिङ

होमपेज / समाज

मंगलबार थप ३ सय २३ जनामा कोरोना

नेपालगाथा २०७७ जेठ २७ गते मंगलबार १६:५६:५६ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय २३ जना कोरोना संक्रमित देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यसबारे बताइएको हो । थपिएका चितवन, धादिङ बागलुङ म्याग्दी तथा धनुषालगायत जिल्लाका छन् ।   

मंगलबार नयाँ संक्रमित थपिएसंगै नेपालम अब कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ । मंगलबार नै ९६ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् । यससँगै कुल डिस्चार्ज हुनेको संख्या ५ सय ८४ पुगेको छ । 

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसरा हालसम्म ७२ जिल्लामा कोरोना फैलिइसकेको छ । पछिल्लोपटक संक्रमण हुनेमा इलाम जिल्ला परेको छ । यो संगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या ४ हजार ८५ जना पुगेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top