ट्रेण्डिङ

होमपेज / समाज

बीपी प्रतिष्ठानबाट २८ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज

नेपालगाथा २०७७ जेठ २७ गते मंगलबार १२:४३:२४ मा प्रकाशित

सुनसरी । जिल्लाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मंगलबार २८ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । 
प्रतिष्ठानका प्रवक्ता प्रा. डा. निदेश सापकोटाका अनुसार स्वास्थ्य प्रोटोकल अनुसार उनीहरुको दुई पटकसम्म पीसीआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएकाले घर पठाउनका लागि डिस्चार्ज दिइएको हो ।

डिस्चार्ज भएकाहरु १८ देखि ५६ वर्षका उमेर समूहका रहेका छन् । भारतबाट फर्किएका उनीहरु दुई साता अघि कोरोना पुष्टि भएपछि उनीहरुलाई प्रतिष्ठानमा ल्याइएको थियो । प्रवक्ता सापकोटाका अनुसार अब प्रतिष्ठानको आइसोलेसनमा ५५ जना उपचाररत छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था समान्य रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top