होमपेज / समाज
रुपन्देही । जिल्लाको तिलोत्तमा नगरपालिका १० मैनहवामा पाँच जनाको सामुहिक हत्या भएको छ । गए राती एक युवकले बञ्चरो प्रहार गरी पाँज जना साथीको हत्या गरेको पाइएको हो ।
मैनहवाको एक कुखुरा फार्ममा शव फेला परेपछि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिएका छन । कुखुरा फार्ममै चार जनाको हत्या भएको र अस्पताल लैजाँदै गर्दा एकजनाको ज्यान गएको जानकारी प्राप्त भएको छ ।
ज्यान गुमाउनेमा चार जना पुरूष र एक महिला रहेका छन । हत्याको कारण खुलिसकेको छैन । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।