ट्रेण्डिङ

होमपेज / समाज

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना 

नेपालगाथा २०७७ जेठ २७ गते मंगलबार ०७:४८:१४ मा प्रकाशित

पोखरा । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बौदीकाली गाउँपालिका १२ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु सोही गाउँपालिकाको क्वारेन्टाइनमा रहका छन् ।

संक्रमण पुष्टि भएका सबैलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । यस्तै, म्याग्दी जिल्लाको बेनी नगरपालिका घर भई सोही ठाउँको क्वारेनटाइनमा रहेका एकजना पुरुषमा कोरोना पुष्टि भएको छ । बाग्लुङमा थप ११ जना संक्रमित थपिएका छन् । जसमा निसीखोला गाउँपालिका घर भई सोही ठाउँको क्वारेनटाइनमा रहेका तीनजना पुरुष र बरेङ गाउँपालिका घर भई सोही ठाउँको क्वारेनटाइनमा रहेका आठजना पुरुषमा कोरोना संक्रमण डा. शर्माले जानकारी दिए ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाका सरकारी अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ पुगेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top