होमपेज / समाज
काठमाडौँ । रुकुम पश्चिममा गएको जेठ १० गते ६ जना युवाको ज्यान जानेगरी भएको घटनाको छानबिन गर्नका लागि संसदीय विशेष समिति गठन भएको छ । नेकपाका सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा संसदीय विशेष समिति गठन भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका छन् ।
संसदीय विशेष समिति सदस्यमा सांसदहरू इकवाल मियाँ, दुर्गा पौडेल, पावर्ती विशुंखे, प्रकाश सराइली, विमला विक, महेश्वरजंग गहतराज, मीनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन् । समितिलाई ३० दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ ।
चौरजहारी घटनामा नवराज विक लगायत ६ जना जाजरकोटका युवाको हत्या भएको थियो । दलित युवाले मल्ल थरकी युवतीसँग विवाह गर्न खोज्दा उक्त घटना भएको थियो ।