ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा रेलमार्गका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु

नेपालगाथा २०७७ जेठ २६ गते सोमबार १८:३४:५० मा प्रकाशित

झापा । नेपालमा मेची महाकाली विद्युतीय रेलमार्ग अन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डको १ सय ६ किलोमिटर लामो रेलमार्गका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ ।

रेलमार्ग निर्माणका लागि झापा, मोरड र सुनसरी जिल्लाभित्रका लगभग ४ हजार कित्ता अर्थात करिब ६ सय ७३ बिघा १८ कठ्ठा जमिन अधिग्रहण गरिने छ । जसमा सबैभन्दा बढी झापामा ३ सय ३ बिघा, मोरङमा २ सय ३० बिघा र सुनसरीमा १ सय ४० बिघा १८ कठ्ठा जमिन अधिग्रहण हुँदैछ ।

जिल्ला प्रशासन कार्यालय झापाले जेठ २४ मा सूचना प्रकाशित गरी जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको हो । रेल, मेट्रो रेल र मोनो रेल विकास आयोजनाका इन्जिनियर विनोद ओझाका अनुसार रेलमार्गका लागि अधिग्रहण गरिने जग्गाका धनीलाई मुआब्जा वितरणका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको जानकारी दिए । उनले भने,‘मुुआब्जा प्रक्रिया सुरु गरेसँगै रेलमार्ग निर्माणको कामले गति लिन थालेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top