ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा हाल सम्म एक लाख जनाको पीसीआर टेष्ट गरियो

नेपालगाथा २०७७ जेठ २६ गते सोमबार १८:०७:४७ मा प्रकाशित

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पत्ता लगाउने गरिएको आरटी पीसीआर टेष्ट एक लाख कटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६६ नमुनाको पीसीआर टेष्ट गरिएको जानकारी दिएको छ । त्यसक्रममा ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साथै अहिले सम्म पीसीआर टेष्टको संख्या एक लाख ९ सय ७१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ११ हजार ९ सय ४२ आरडीटी टेष्ट भएको छ । यस सँगै कुल आरडीटी टेष्टको संख्या १ लाख ५६ हजार ९ सय ९ण्१ पुगेको छ । सातै हाल १ लाख ७० हजार ७ सय ३२ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top