ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा देशभर थप ३ सय १४ जनामा कोरोना, २१ जना डिस्चार्ज

नेपालगाथा २०७७ जेठ २६ गते सोमबार १६:४७:२९ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ सय १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संगै देशभर संक्रमितको संख्या ३ हजार ७६२ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर गरिएको परिक्षणमा थप ३ सय १४ जनामा कोरोना देखिएको हो । गौतमका अनुसार सोमबा डिस्चार्ज हुने २१ जना छन् ।

जसमा महिला १ जना र पुरुष २० जना छन् । खजुरा बाँकेबाट २० जना डिस्चार्ज भएका छन् । सोमबार थपिएका ३ सय १४ संक्रमितमा २ सय ९४ पुरुष र २० जना महिला रहेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top