ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीमा थप १६ जनामा कोरोना, संक्रमितको संख्या ६ सय ५७ पुग्यो 

नेपालगाथा २०७७ जेठ २६ गते सोमबार १६:३७:२६ मा प्रकाशित

सुर्खेत । सोमबार कर्णालीमा थप १६ जना कोरोना भाइरसको संक्रमण देखिएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले दिएको जानकारी अनुसार सोमबार दैलेखमा १० जना, सल्यानमा ५ जना र सुर्खेतमा एक जना नयाँ संक्रमित थपिएका हुन । यो संगै कर्णालीमा संक्रमितको संख्या ६ सय ७५ पुगेको छ । थप यहाँका १० जिल्ला मध्ये ९ जिल्लमा कोरोना फैलिएको छ । 

सोमवार कोरोना संक्रमण पुष्टि भएका दैलेखका दशमध्ये आठबीस नगरपालिका ७ का ३० वर्षीय पुरुष, नारायण नगरपालिका ३ का १५ वर्षीय पुरुष, नारायण ६ का १८ वर्षीय पुरुष, डुंगेश्वर गाउँपालिका १ का २१ र ४० वर्षीय पुरुष रहेका छन् । यस्तै दैलेखकै नौमुले गाउँपालिका १ का २३ वर्षीय पुरुष, नौमुले ७ का २६ वर्षीय पुरुष, नौमुले ८ का १८ वर्षीय पुरुष छन् । 

सुर्खेतको बराहताल गाउँपालिका १० का २१ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । सल्यानका ५ जनामध्ये वनगाड कुपिण्डे नगरपालिका २ का १७, २३ वर्षीय पुरुष, वनगाड ३ का १८ वर्षीय पुरुष र कुमाख गाउँपालिका १ का १८ वर्षीया महिलामा पनि कोरोना देखिएको छ । कुमाख ३ का २१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top