होमपेज / समाज
दैलेख । जिल्ला अस्पताल दैलेखको आइसोलेसनमा उपचाररत एक महिला उपचार पछि डिस्चार्ज भएकी छन् । डुंगेश्वर गाउँपालिका १ चुप्राकी २५ बर्षीया महिलाले कोरोना जितेकी हुन् ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमु डा.निरञ्जन पन्तका अनुसार जेठ ८ गते भारतबाट आएका उनिहरुका श्रीमान श्रीमति र एक छोरामा ११ गते गरिएको स्वाब परिक्षणमा श्रीमान श्रीमतिमा कोरोना पोजेटिभ देखिए पछि आइसोलेसनमा राखेर उपचार गरिदै आइएको थियो ।
आइसोलेसनमा राखेर उपचार गरेको १६ दिन पछि श्रीमतीलाई कोरोना नेगेटिभ देखिएको र श्रीमानमा पोजेटिभ देखिएकाले उपचार भैरहेको छ । कोरोना नेगेटिभ देखिएकी महिलालाई सोमबार घर पठाइएको डा.पन्तले जानकारी दिए ।
आमा बुवा दुबैमा कोरोना पुष्टि भएको भए पनि बालकमा कोरोना संक्रमण देखिएको थिएन । १५ महिने वालक आमाको साथमै थिए । कर्णाली प्रदेशका १० वटा जिल्लाहरु मध्ये दैलेखमा कोरोना संक्रमितको संख्या सबै भन्दा धेरै रहेको छ ।