ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुग्यो 

नेपालगाथा २०७७ जेठ २६ गते सोमबार १३:०४:५४ मा प्रकाशित

पोखरा । नेपालमा कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । सोमबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कोभिड–१९ एक सङ्क्रमितको मृत्यु भए संगै यो संख्या १४ पुगेको हो । 

अस्पतालको आइसोलेसनमा उपचाररत स्याङ्जाको वालिङ नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज विज्ञप्ति जारी गरी पुष्टि गरेको हो ।  

निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले यही जेठ २२ गतेदेखि अस्पतालको प्रि–आइसोलेसन कक्षमा उपचार गराइरहेका ती व्यक्तिको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार साँझ कोरोना पोजिटिभ देखिएपछि आइसोलेसन कक्षमा सारिएको थियो । उनी मिर्गौला, मधुमेहलगायतका रोगको बिरामी भएको बताइन्छ ।
रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top