ट्रेण्डिङ

होमपेज / समाज

जनता समाजवादी पार्टी दर्ता

नेपालगाथा २०७७ जेठ २६ गते सोमबार १२:१६:५९ मा प्रकाशित

काठमाडौं । जनाता समाजवादी पार्टी दर्ता भएको छ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता घोषणा गरी जनता समाजवादी पार्टी बनाउने भनिएको करिब डेढ महिनापछि आइतबार औपचारिक रुपमा एकता भएको छ ।

एकीकरण प्रारुप अनुसार जनता समाजवादी पार्टी (जसपा) मा अब २ अध्यक्ष र ५३ केन्द्रीय सदस्य रहने छन् । पार्टीको केन्द्रीय कार्यसमिति अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहनुभएको छ । यस्तै डा.बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक रार्ई वरिष्ठ नेताका रुपमा रहनु भएको छ । यो सँगै जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । 

जसपाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन सहित आवश्यक कागजात आइतबार बुझाएको हो । आइतबार साँझ पार्टीका शीर्ष नेताहरु डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका नेताहरू आयोग कार्यालय पुगेर दल दर्ताका लागि कागजात बुझाउनुभएको हो । जसपाको दल दर्ता नम्बर १३९२ रहेको छ ।

कागजातको आवश्यक छानविन गरेपछि आयोगले जसपालाई औपचारिक मान्यता दिनेछ । आयोग स्रोतले कागजपत्रको अध्ययन गरी ४५ दिनभित्र दल दर्ताको प्रक्रिया सकिने बताएको छ । गत बैशाख १० मा राजपा र समाजवादीबीच पार्टी एकताको घोषणा भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top